बिहीबार, जेठ २, २०८२

श्रीलङ्का छिट्टै आर्थिक सङ्कटबाट मुक्त हुनेछ : राष्ट्रपति

नेपालखोज २०७९ माघ २६ गते ९:१६

श्रीलङ्का । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले सन् २०२६ सम्ममा आफ्नो देश आर्थिक सङ्कटको अवस्थाबाट मुक्त हुने विश्वास व्यक्त गरेका छन्। आफ्नो सरकारको भावी नीतिका बारेमा संसदलाई सम्बोधन गर्दै विक्रमासिङ्घेले विभिन्न समूहको चुनौतीका बावजुद कर सुधार कार्यक्रम अघि बढाउने बताए ।

‘म राष्ट्रको हितका लागि अलोकप्रिय निर्णय गर्न तयार छु । जनताले ती निर्णयको महत्व दुई–तीन वर्षमा महसुस गर्नेछन् ।’ विक्रमासिङ्घेले कठिनाइका बावजुद सरकारले कमजोर वर्गलाई आर्थिक सङ्कटबाट जोगाउनका लागि कदम चालेको उल्लेख गरे ।

राष्ट्रपति भण्डारीले देश अहिले नकारात्मक अर्थतन्त्रबाट सकारात्मक अर्थतन्त्रतर्फ अघि बढिरहेको बताउँदै सन् २०२३ को अन्त्यसम्ममा श्रीलङ्काले आर्थिक वृद्धि हासिल गर्न सक्ने बताए । उनले संसद्मा रहेका सबै दललाई एकताबद्ध भएर देश बनाउने प्रक्रियामा सहभागी हुन आग्रह गरे ।

प्रतिक्रिया