३ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने
नेपालखोज
२०७९ माघ २६ गते १२:३१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बस्ने भएको छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो ।
प्रधानमन्त्री प्रचण्ड र प्रमुख सत्तासाझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार भएको भेटमा बिहीबार उच्चस्तरीय संयन्त्रको बैठक बस्ने तय भएको थियो । बैठक बोलाइए पनि समय नतोकिँदा अन्योल भइरहेको थियो ।
संयन्त्रको बैठकमा राष्ट्रपतिको पद उम्मेदवारलगायतका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुनेछ ।
संयन्त्रका संयोजक एमाले अध्यक्ष केपी शर्मा ओली छन् । सदस्यहरुमा सत्ताको नेतृत्व गरिहेको माओवादी केन्द्र, साझेदार दलहरु रास्वपा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जसपा, लोसपा, जनमत पार्टी छन् ।
सम्बन्धित
प्रतिक्रिया