बिहीबार, जेठ २, २०८२

टर्की सिरिया भूकम्प : मृत्यु हुनेको संख्या २० हजार नाघ्याे

नेपालखोज २०७९ माघ २७ गते ८:१२

काठमाडाैं । भूकम्पमा टर्की र सिरियामा मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । बीबीसीले जनाएअनुसार हालसम्म टर्कीमा १७ हजार १३४ र सिरियामा ३ हजार १६२ जनाको मृत्यु भएको छ । दुई देशमा भूकम्पमा मृत्यु हुनेको संख्या २० हजार २९६ पुगेको छ । 

उद्धारकर्ताहरूले अझै पनि बाँचेकाहरूको खोजी गरिरहेका छन् । मानिस सुतिरहेको समयमा टर्कीको गाजियन्टेपनजिकै केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । स्थानीय समयानुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा गएको उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १७.९ किमि गहिराइमा थियो ।

प्रतिक्रिया