एकीकृत समाजवादीले सुदूरपश्चिममा शाहीलाई मन्त्री बनाउने
नेपालखोज
२०७९ माघ २७ गते १४:३५

धनगढी । नेकपा (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम प्रदेशमा सरकारमा जाने भएको छ । यसअघि केन्द्रदेखि प्रदेशसम्म सरकारमा जानबाट रोकिएको एकीकृत समाजवादीलाई मुख्यमन्त्री राजेन्द्र सिंह रावलको बिहीबार पदमुक्त भएपछि कांग्रेसको नेतृत्वमा बनेको सरकारमा सहभागी हुने भएको हो ।
उसले बाजुरा (क)बाट प्रदेश सांसद निर्वाचित नरेश शाहीलाई सरकारमा पठाउने निर्णय भएको नेकपा समाजवादीका एक नेताले बताए ।
समाजवादीले आर्थिक मामिला मन्त्रालयमा दाबी गरेको छ । उनलाई कांग्रेसबाट मुख्यमन्त्रीमा नियुक्त भएका कमलबहादुर शाहले शुक्रबार पद तथा गोनियताको शपथ लिएपछि मन्त्रीमा नियुक्त गर्नेछन् ।
शाहले दिउँसो साढे ३ बजे प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताको सपथ लिँदैछन् । उनले आजै दुई जना मन्त्री नियुक्ति गर्ने तयारी गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया