भ्यालेन्टाइन्स डेमा विदेशबाट गुलाबको फूल ल्याउन नपाइने

नेपालखोज २०७९ माघ २७ गते १५:१३

काठमाडाैं । सरकारले भ्यालेन्टाइन्स डे नजिकिँदा गर्दा विदेशबाट गुलाब फूलको आयातमा रोक लगाएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले बिहीबार सूचना निकालेर अर्को व्यवस्था नभएसम्म आयात अनुमति पत्र जारी नगर्न सबैकेन्द्र अर्न्तगत १५ कार्यालयलाई पत्र समेत पठाएको हो ।

पत्रमा उल्लेख गरिएका कार्यालयहरु काँकडभिट्टा, भण्टावारी, बिराटनगर, मलंगवा, जलेश्वर, विरगन्ज तातोपानी, एयरपोर्ट, रसुवा, भैरहवा, कृष्णनगर, नेपालगन्ज, गड्डाचौकी, लोमान्थाङ्ग र बैतडीमा छन् । ती सबै कार्यालयलाई गुलाब फूलको आयात अनुमति नदिन पत्रमा भनिएको छ ।

‘विशेष कारणले अर्को व्यवस्था नभएसम्मका लागि गुलाबको फूल आयात अनुमति पत्र जारी नगर्न सबैमा जानकारीको लागि अनुरोध छ,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत रहेका केन्द्रले कार्यालयहरुलाई पठाएको पत्रमा भनिएको छ ।

वनस्पतिजन्य रोगको जोखिमले तत्कालका लागि गुलाबको आयात रोक लगाएको बताएको छ । रोक गरिएको हो, दीर्घकालीन होइन । हाल गुलाबको आयातका सम्बन्धमा प्राविधिक अध्ययन भइरहेको र केही दिनपछि शर्तसहित खुल्ला गरिने तयारी केन्द्रले गरेको छ ।

भन्सार विभागको विवरणअनुसार आर्थिक वर्षको पुससम्म नेपालले १३ लाख ३३ हजार रुपैयाँ बराबरको १० हजार ६१२ किलो गुलाबको फूल आयात गरेको छ ।

नेपालमा झण्डै २० हजार पिस मात्रै गुलाबको फूल उत्पादन हुने गरेको छ । सरकारको यो निर्णयले बजारमा अब गुलाबको फूलको अभाव देखिने भएको छ ।

प्रतिक्रिया