इनरुवा अस्पतालका ८ जना चिकित्सकले दिए सामूहिक राजीनामा

काठमाडौं । डाक्टरलाई मानसिक तनाव दिने र ज्यान मार्ने धम्की दिनेव्यक्तिलाई अस्पतालले संरक्षण दिएको भन्दै विरोधमा इनरुवा अस्पतालका ८ मेडिकल अधिकृतले सामूहिक राजीनामा दिएका छन् ।
बिहीबार बेलुका सुनसरीको इनरुवा अस्पतालका मेडिकल अधिकृतहरुले बिरामी र मेडिकल अधिकृतबीच भएको विवादमा मेडिकल सुपरिटेन्डेन्ट डा. देवराज घिमिरे मौन बसेको आरोप उनीहरुको छ । विवादमा मौनता साँधेको भन्दै छात्रावृत्ति र करारका ८ जना चिकित्सकहरुले अस्पताल व्यवस्थापन पक्षलाई शुक्रबार सामूहिक राजीनामा बुझाएका छन् ।
सामूहिक राजीनामा बुझाउनेमा मेडिकल अधिकृत समेत रहेका चिकित्सकहरु महेशकुमार शाह, रतिकुमार यादव, आशिष देव, अभिषेकुमार सिंह, श्रेया पंगेनी, कृतिका हमाल, दिपेन्द्र मेहता र वीरेन्द्र मण्डल रहेका छन् ।
मेडिकल सुपरिटेन्डेन्ट घिमिरेले राजनैतिक शक्तिको आडमा आडमा चिकित्सक र कर्मचारीहरुमाथि ज्यादति थोपरिएको र चिकित्सकमाथि हुने आक्रमणमा समेत आक्रमणकारीलाई साथ दिँदै आएको उनीहरुको को आरोप छ ।
गत बिहीबार साँझ फुड पोइजनका बिरामी उपचारका लागि अस्पताल आउँदा अस्पतालमा चिकित्सक नभेटेपछि फोन गर्दा नर्ससँग सम्पर्क गर्न भनी जवाफ दिएको निहुँमा बिरामी आफन्तले विवाद गरेका थिए । नर्स समेत ड्यूटीमा नरहेको भन्दै विवाद थप चर्काएको र बिरामीलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो ।
प्रतिक्रिया