शुक्रबार, जेठ ४, २०८१

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जर सम्झौंता

नेपालखोज २०७९ माघ २७ गते २०:२०

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी एकआपसमा गाभ्ने/गाभिने सम्बन्धि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

शुक्रबार नेपाल बीमा प्राधिकरणको कार्यालयमा अध्यक्षको समुपस्थितिमा दुवै कम्पनीका संचालक समितिका अध्यक्षहरू लगायत संचालकहरू र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा सम्झौता सम्पन्न भएको हो ।

उक्त सम्झौतामा यस कम्पनीका संचालक तथा मर्जर समितिका संयोजक अम्बिका प्रसाद पौडेल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक अमित अग्रवालले हस्ताक्षर गरे ।

नेपाल बीमा प्राधिकारणबाट जारी भएका निर्देशनहरु तथा नीति, नियमहरुको पालना गर्दै बीमा क्षेत्रमा बढदै गएको तिव्र प्रतिस्पर्धा तथा अवसरहरुलाई ध्यानमा राखी एक सवल र सक्षम बीमा कम्पनीको रूपमा स्थापित भै दिर्घकालसम्म अझ उन्नत स्तरको निर्जीवन बीमा सेवा प्रदान गर्नका लागि दुई कम्पनीहरूको अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानिय पहुँच, अनुभव र क्षमतालाई बढी भन्दा बढी प्रभावकारी बनाउदै आफ्ना शेयरधनीहरूलाई समायानुकुल उचित प्रतिफल प्रदान गर्ने उदेश्यले एक आपसमा गाभ्ने/ गाभिने सहमति सहित प्रारम्भिक सम्झौता सम्पन्न भयो ।

उक्त सम्झौता अनुसार दुवै कम्पनी एकआपसमा गाभिए पश्चात वन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमती भएको छ । मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारण सभामा लगिनेछ ।

दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एवं डिडिए रिर्पोेट समेतका आधारमा आईएमई जनरल इन्स्योरेन्स लि.र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर अनुपात क्रमश १ः१ कायम रहने गरी सम्झौता गरिएको हो ।

प्रतिक्रिया