शनिबार, वैशाख २९, २०८१

कर्णाली प्रदेशमा कसको सरकार ?

नेपालखोज २०७९ मंसिर १० गते ८:३३

काठमाडाैं । प्रदेशसभातर्फ २४ निर्वाचन क्षेत्र भएको कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले अहिलेसम्म ९/९ वटा निर्वाचन क्षेत्रमा जित निकालेका छन् भने नेकपा एमालेले ५ वटा क्षेत्रमा जितेको छ । जुम्ला (१) मा भने कांग्रेसका बागीले चुनाव जितेका छन् । जुम्ला (१) मा कांग्रेसका बागी देवेन्द्रबहादुर शाहीले कांग्रेसकै ललितजंग शाहीलाई पराजित गरे ।

जुम्ला (२) मा एकीकृत समाजवादीका उम्मेदवार पदमबहादुर रोकायालाई पराजित गर्दै एमालेका टेकराज पछाई निर्वाचित भएका छन् । जाजरकोटका दुवै क्षेत्रमा गठबन्धनका तर्फबाट कांग्रेसले चुनाव जितेको छ ।

(१) मा कांग्रेसका जिल्ला सभापति वेदराज सिंह र (२) मा  कांग्रेसकै राजीवविक्रम शाह निर्वाचित भएका छन् । यसैगरी सल्यानका दुवै निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भए । प्रदेशसभा निर्वाचन क्षेत्र (१) मा माओवादी केन्द्रका भीमप्रकाश शर्मा र (२) मा कांग्रेसका सुरेश अधिकारी निर्वाचित भएका हुन् । प्रदेशसभाका लागि ४ वटा निर्वाचन क्षेत्र भएको दैलेखमा ३ वटामा कांग्रेस र एउटामा एमाले विजयी भएका छन । दैलेख-१ (१) मा कांग्रेसका पूर्णबहादुर खत्री, (२) मा कांग्रेसका पूर्व जिल्ला सभापति कृष्ण बिसी निर्वाचित भएका छन् । दैलेख २ (२) मा कांग्रेसकै घनश्याम भण्डारी विजयी हुँदा २ (२) मा भने एमालेका प्रदेश अध्यक्ष विनोदकुमार शाह निर्वाचित भए । चारवटै प्रदेशसभा निर्वाचन सिट भएको सुर्खेतमा माओवादीले ३ सिट जित्दा कांग्रेस र एमालेले १/१ सिट जितेका छन् ।

सुर्खेत-१ (१) मा कांग्रेसका जिल्ला सभापति खड्गबहादुर पोखरेल र (२) मा माओवादी केन्द्रका कृष्ण जिसी निर्वाचित भएका छन् । क्षेत्र नम्बर २ (१) मा भने एमाले प्रदेश इञ्चार्ज यामलाल कँडेल दोस्रो पटक निर्वाचित भए । २ (२) मा प्रदेशका पूर्व अर्थमन्त्री तथा माओवादीका युवा नेता विन्दमान बिष्ट विजयी भएका छन् । कालीकोटमा (१) मा माओवादीका दुर्गाबहादुर रावत तथा (२) मा कांग्रेसका हिकमत बिष्ट विजयी भएका छन् । डोल्पा (१)मा एमालेका शेरबहादुर बुढा र (२) मा माओवादी केन्द्रका वीरबहादुर शाही निर्वाचित भएका छन् ।

हुम्ला (१) मा (माओवादी केन्द्र) का रणसिंह परियार निर्वाचित भएका छन् । रुकुम पश्चिममा दुवै क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । (१) मा  माओवादी केन्द्रका महेन्द्र केसी तथा (२) मा माओवादीकै राजकुमार शर्मा निर्वाचित भएका छन् । यसअघि प्रदेशसभामा एमाले पहिलो दल थियो । ४० सदस्यीय कर्णाली प्रदेशसभामा त्यतिबेला एमालेले प्रत्यक्ष र समानुपातिक गरी २० सिट जितेको थियो । कर्णाली प्रदेशसभाको समिकरण हेर्दा बा-लोकतान्त्रिक गठबन्धनमा कुनै अबरोध नआए पुर्ण बहुमतको सरकार बन्ने देखिन्छ । यहाँ एमालेले ठुलो क्षति मात्र बेहोरेको छैन बलियो प्रतिपक्षी हुने हैसियत समेत गुमाएको छ ।

प्रतिक्रिया