सोमबार, असार २३, २०८२

आइसीसी महिला टी–२० विश्वकप : श्रीलंकाकाे विजयी सुरुवात

नेपालखोज २०७९ माघ २८ गते ८:२९

काठमाडाैं । श्रीलंकाले आइसीसी महिला टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाविरुद्ध ३ रनको रोमाञ्चक जित निकाल्दै श्रीलंकाले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।  

घरेलु टोली दक्षिण अफ्रिकाले भने प्रतियोगिता हारबाट सुरुवात गरेकाे छ । श्रीलंकाले दिएको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सक्यो ।

प्रतिक्रिया