सोमबार, असार १६, २०८२

बर्डफ्लु फैलिन नदिन सतर्कता अपनाउन ललितपुर महानगरको आग्रह

नेपालखोज २०७९ माघ २८ गते ९:४८

काठमाडाैं । काठमाडाैं उपत्यकामा बर्डफ्लु देखिएपछि फैलिने जोखिम बढेको भन्दै ललितपुर महानगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेको छ । महानगरपालिकाको पशु शाखाले विज्ञप्ति जारी गर्दै पक्षी पालेको ठाउँमा नियमित सरसफाइ गरी निसङ्क्रमण गर्न आग्रह गरेको छ ।

महानगरले घरपालुवा पक्षीलाई खुला नछोड्न र जङ्गली तथा अन्य चराहरुको सम्पर्कमा पुग्न नदिन, पशुपक्षी फार्ममा जैविक सुरक्षा घेरोको व्यवस्था गर्न, मरेका पक्षीलाई गहिरो खाल्डोमा पुर्न तथा प्रयोग भइसकेका पुराना क्रेट, बोरा जस्ता सामग्री आफ्नो फार्ममा प्रयोग नगर्न र अस्वाभाविक रुपमा पक्षी बिरामी भएमा तत्काल नजिकैको पशु सेवा कार्यालयमा सूचना दिन भनेकाे छ ।

प्रतिक्रिया