सोमबार, असार ९, २०८२

चिकित्सकमाथि लाठि चार्जको घटनाप्रति रास्वपाद्वारा खेद व्यक्त

नेपालखोज २०७९ माघ २८ गते २१:३१

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपतिको आवागमनको समयमा क्यान्सर रोग विज्ञ चिकित्सक माथि प्रहरीद्वारा भएको लाठी चार्जको घटनाप्रति खेद प्रकट गरेको छ ।

महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले विज्ञप्ती जारी गर्दै शुक्रबार राष्ट्रपतिको सवारीको समयमा सर्वसाधारणको आवगमनलाई नियन्त्रण गर्ने नाममा आफ्नो ड्युटी सकी घर फर्किने क्रममा रहेका चिकित्सलाई आवगमनमा रोक मात्र नलगाई भौतिक कारवाही समेत हुनु अमानवीय क्रियाकलाप भएको बताएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘राष्ट्रपति तथा अन्य उच्च पदस्थ व्यक्तित्वहरूप्रति जनआस्था र विस्वासलाई कायम राख्न सुरक्षा र सवारीका नाममा नागरिकका दैनिक जीवनयापनमा असहज अवस्था सिर्जना गरिनु हुँदैन ।’ रास्वपाले भीभीआईपीको सवारीका सम्बन्धमा विद्यमान निर्देशिकामा समयसापेक्ष संशोधन गरी व्यवहारिक ढंगले लागू ध्यानाकर्षण समेत गराएको छ ।

घटनाको विरोधमा अस्पताल बन्द जस्ता कार्यले नागरिकलाई थप दुःख पुग्ने भएकाले नेपाल चिकित्सक संघले माघ २९ गते (भोलि)अस्पताल बन्द गर्ने कार्यक्रम फिर्ता लिन समेत अनुरोध गरेको प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिए ।

प्रतिक्रिया