भुकम्पबाट ज्यान गुमाएकाको आत्मा शान्तिका लागि दीप प्रज्वलन

नेपालखोज २०७९ माघ २९ गते ८:०५

काठमाण्डौं । हालै आएको बिनासकारी भुकम्पले टर्की र सिरियामा ठुलो मानवीय क्षती भएकोमा मानव अधिकार तथा शान्ति समाज काठमाडौ शाखले दुख व्यक्त गरेको छ ।

यस भुकम्पबाट ज्यान गुमाएका त्यहाँको जनताको आत्माको शान्तिको कामना गर्दै शान्ति समाज काठमाडौ शाखाले माघ २८ गते (शनिबार)साँझ शान्ति स्तुपा बौद्ध अगाडी दीप प्रज्वलन गरेको छ ।

कार्यक्रममा शाखाको कोषाध्यक्ष विकास थापाले भुकम्पले गरेको क्षतीको बारेमा जानकारी दिएका थिए भने समाजका सचिव प्रमोद फुयाँलले नेपालमा पनि भुकम्पले गरेको बिनास र भोग्नु परेको समस्या पिडा अहिले टर्की र सिरियाको जनताले भोग्नुपरेको बताए ।

सभामा श्रीराम चालिसे र बौद्ध प्रहरी प्रमुख हरि बहादुर बस्नेतले पनि आफ्नो धारण राखेका थिए । मृतकको आत्माको शान्ति कामना गर्दै मौन धारणा समेत गरिएको थियो ।

प्रतिक्रिया