शुक्रबार, वैशाख ७, २०८१

६ वर्षमा ७ सय १५ सैनिकमाथि कारबाही

नेपालखोज २०७६ मंसिर २ गते ८:०८

२ मंसिर, काठमाडाै । सैनिक मुख्यालयले विगत ६ वर्षमा विभिन्न पदमा रहेका २ हजार ७ सय १५ जना सैनिकमाथि विभागीय कारबाही गरेको छ । नेपाली सेनाका विभिन्न पदमा रहेर सैनिक ऐनविपरित काम गरेको भन्दै सैनिक मुख्यालयले २०७१ देखि २०७६ को हालसम्म २ हजार ७ सय १५ जना सैनिकमाथि कारबाही गरेको हो ।

सेनामा जागिर खाएर भागेकादेखि अनुशासन तथा आचरणविपरित काम गर्ने, कर्तव्य ज्यान मुद्दामा मुछिएका, जबरजस्ती करणी, चोरी,ठगी , लागूऔषध कारोबारमा मुछिएका, हातहतियार तथा खरखजानामा मुछिएकासम्मलाई सैनिक मुख्यालयले कारबाही गरेको हो। सैनिक मुख्यालयका अनुसार गत वैशाखदेखि हालसम्मको अवधिमा आफूभन्दा माथिल्लो पदमा कार्यरत सैनिकलार्इ सलामी नगर्ने ३० जनामाथि कारबाही भएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया