सोमबार, वैशाख २४, २०८१

बलिउडका सर्वाधिक धनी ५ कलाकार

नेपालखोज २०७९ फागुन १ गते १३:२४

बलिउड संसारको एउटा ठूलो र सफल फिल्म उद्योग हो । यसले भारतलाई शाहरुख खान, सलमान खान, ऋतिक रोशन, दीपिका पादुकोण, कट्रिना कैफ, रणवीर सिंह जस्ता स्टार दिएको छ। बलिउडमा यस्ता धेरै कलाकारहरु छन्, जसले प्रसिद्धिसँगै धेरै धन पनि कमाएका छन । यो सुचिमा शाहरुख खानको नाम सबैभन्दा माथि छ । बलिउडका किंग खान अभिनेताका साथै फिल्म निर्माता एवं उद्यमी पनि हुन् ।

शाहरुख भारतका त्यस्ता एक मात्र अभिनेता हुन् जो ‘विश्वका १० धनी अभिनेता’ को सूचीमा परेका छन् । उनको कुल सम्पत्ति ७७० मिलियन डलर छ, जुन नेपाली मुद्रामा करिब १० हजार १५० करोड जति हुन्छ ।

बलिउडमा अरु पनि धनी कलाकार छन्

अमिताभ बच्चन भारतीय सिनेमाका आइकन हुन् । हाम्रो देशमा समेत बिग बीको ठूलो फ्यान फलोइङ छ । दशकौं लामो आफ्नो उत्कृष्ट करियरमा अमिताभले शोले, दीवार, कुली, पिंक, गुलाबो सिताबो, पिकु जस्ता धेरै हिट फिल्महरू दिएका छन् । रिपोर्ट अनुसार २०२३ मा यी अभिनेताको कुल सम्पत्ति ४१० मिलियन डलर छ जुन नेपाली मुद्रामा ५ हजार ५ सय करोड जति हुन आउँछ ।

सलमान खान एक अभिनेता , लेखक तथा निर्माता हुन् । उनलाई बलिउडका सबैभन्दा ठूला स्टार मध्ये एक मानिन्छ । बजरंगी भाइजान, एक था टाइगर, प्रेम रतन धन पायो, वीर, मैने प्यार किया, हम आपके है कौन, मुझसे शादी करोगी उनका केही सफल फिल्म हुन् । उनले बिइङ ह्युमन नामको एनजीओ पनि स्थापना गरेका छन । रिपोर्ट अनुसार सलमानको कुल सम्पत्ति लगभग ३८० मिलियन डलर बराबर छ ।

ऋतिक रोशनले हिट फिल्म कहो ना… प्यार है बाट बलिउडमा डेब्यू गरेका थिए जसले उनलाई सर्वश्रेष्ठ पुरुष डेब्यू र सर्वश्रेष्ठ अभिनेताको फिल्मफेयर पुरस्कार पनि दिलायोफ। उनका केही ठूला हिट सिनेमामा ब्यांगबैंग, कोई मिल गया, कभी खुशी कभी गम, सुपर ३० र जिन्दगी ना मिलेगी दोबारा समावेश छन् । रिपोर्ट अनुसार, ऋतिकको कुल सम्पत्ति लगभग ३७० मिलियन डलर जति छ।

अक्षय कुमार बलिउडका चर्चित अभिनेता हुन् । उनि सन् १९८७ को फिल्म ‘आज’ मा पहिलो पटक पर्दामा देखा परेका थिए । उनका केही हिट फिल्ममा हेराफेरी, बेल बटम, गोल्ड, एयरलिफ्ट र मिशन मंगल हुन् । रिपोर्ट अनुसार अक्षय कुमारको कुल सम्पत्ति ३४० मिलियन डलर बराबर छ ।

प्रतिक्रिया