सोमबार, असार ९, २०८२

‘संविधान विपरित सार्वजनिक विदा दिने निर्णय गलत छ’

नेपालखोज २०७९ फागुन १ गते १३:१४

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय गलत भएको बताएका छन् । उनले माओवादीले विगतमै जनयुद्ध भनेर संबोधन गराउन चाहे पनि सम्भव नभएपछि सशस्त्र युद्ध भनेर संबोधन गरिएको भन्दै उनले अहिले संविधान विपरित सार्वजनिक बिदा दिएको टिप्पणी गरेका छन् ।

सामाजिक संजालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका रिजालले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा प्रवक्ता प्रकाशरण महतलाई मेन्सन गरेर राष्ट्रपति चुनावसम्म मौन बस्ने हो भन्दै प्रश्न गरेका छन् । ‘एमालेको दह्रो समर्थनमा बनेको माओवादी नेतृत्वको सरकारले वृहत शान्ति सम्झौता र नेपालको संविधान तथा यसमा अन्तर्निहित मर्म विपरित घोषणा गरेको कथित जनयुद्ध दिवसबारे हाम्रो नेपाली कांग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचन पछि ?, रिजालले प्रश्न गरेका छन् ।

उनले माओवादी केन्द्रले ०६५ सालमै जनयुद्ध भनेर राख्दा कांग्रेसबाहेक अहिले सत्ता गठबन्धनमा रहेकादेखि नरहेकासम्मले समर्थन जनाएको पनि स्मरण गरेका छन् । माओवादी, एमाले अहिलेको एकीकृत समाजवादी, समाजवादी, जसपा, लोसपाका नेताले त उबेला पनि सशस्त्र द्वन्द्वको सट्टा अहिले प्रयोग भए झैं शब्द उचित छ भनि संसदमा सरकारको नीति कार्यक्रमको पक्षमा मत हालेकै हो भन् प्रश्न रिजालको छ ।

उनले संविधान र शान्ति सम्झौता विपरितको शब्द प्रयोग नहोस् भनेर आफूले सोही समयमा संशोधन हालेको पनि उल्लेख गरेका छन् । ‘सम्झनाका लागि नेपाली कांग्रेसको सभापति गिरिजाप्रसाद कोइराला रहनु हुँदा २०६५ मा वर्तमान प्रधानमन्त्री कै नेतृत्वमा एमाले सहभागी भएको सरकारले नीति कार्यक्रममा सशस्त्र द्वन्दको सट्टा अहिले झैं शब्द प्रयोग गर्दा हाम्रो दलको तर्फबाट ती शब्द हटाउन संसदमा मैले संसोधन पेस गरेको थिएँ, रिजालले लेखेका छन् ।

प्रतिक्रिया