उपप्रधानमन्त्री श्रेष्ठद्वारा जीपलाइन उद्घाटन

नेपालखोज २०७९ फागुन १ गते १३:४१

काठमाडौं । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले कुरिनटारस्थित रिभर फन रिसोर्टमा रहेको जीपलाइन उद्घाटन गरेका छन् ।

हिजो साँझ त्यहाँ पुगेका उनले आज विहान साढे १० बजे जीपलाइन उद्घाटन गर्दै अनुभव पनि लिएका कम्पनीका प्रबन्ध निर्देशक शंकर अधिकारीले जानकारी दिए । जीपलाइनको अनुभव लिँदै उनले भने, ‘जीपलाइन गर्न पाउँदा नयाँ र अनौठो अनुभव भइरहेको छ ।’

करिब तीन करोड रुपैयाँ लगानीमा निर्माण भएको रिसोर्टमा एड्भेञ्चर टुरिजम अन्तर्गत जीपलाइनका साथै रोप साइकलिङ, वाल क्लाइमिङ, र्‍याफ्टिङ, स्पिड बोटिङलगायतको सुविधा छ ।

प्रतिक्रिया