सोमबार, वैशाख १७, २०८१

प्रेम दिवस !

अर्जुन पाण्डे २०७९ फागुन २ गते ८:००

प्रेम, दिवसमा कैद हुनु हुदैन ।
प्रेम, स्वतन्त्र र खुला छोडिनु पर्छ ।।
प्रेम, मुटुका प्रत्येक धड्कनहरु सँगै
लगातार उम्रनुपर्छ हुर्कनु पर्छ ।
र निस्फिक्री फुलेर सबैका आँखाहरुमा
फक्रनुपर्छ, कहिल्यै न ओइलाउने गरि ।।

एउटा बोट उजाडेर टिपेको गुलाफले
कुन रसायन मिसाएर मन जोड्ला
त्यो प्रेम पत्रभरी सुकाएका बिस्कुनहरु
पुत्ला र घुनबाट कैले सम्म कति
सुरक्षित होलान
प्रेम हावा जस्तै अदृश्य,
आकाश जस्तै बिशाल
अनि कर्तव्य, सत्यता र अधिकार बुझ्ने
र सिकाउने पलपलको मन्त्र हुनुपर्छ ।

प्रेम जीवन हो, धर्म हो, सस्कृती हो
विशाल सागर हो ।
अनि प्रेम सबैको बाँच्ने आधार
हो, बर्षमा एकदिन हैन,
प्रत्येक दिन प्रत्येक पलपलमा निरन्तर
सबैको विचार प्रेममय होस्
सबैमा प्रेम दिवसको शुभकामना ।।


प्रतिक्रिया