कस्ताे रहला त आजकाे माैसम ?
नेपालखोज
२०७९ फागुन २ गते ६:३८

काठमाडाैं । आज दिउँसो पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । राति पनि देशभर मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराईका थोरै भू–भागमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । तत्काल वर्षाको सम्भावना नदेखिएको महाशाखाले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया