काठमाडाैं उपत्यकामा चल्न थाले सार्वजनिक यातायात

काठमाडाैैं । सार्वजनिक यातायातसम्बद्ध मजदुर संगठनले आन्दोलन फिर्ता लिएपछि काठमाडौं उपत्यकामा सार्वजनिक सवारी सुचारु भएका छन् । सोमबार बेलुकादेखि बन्द रहेका सार्वजनिक सवारीसाधन सुचारु भएका हुन् ।
आन्दोलित यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा आजदेखि सुरु गरेको अनिश्चितकालीन सार्वजनिक यातायात बन्द फिर्ता लिएपछि यातायात सुचारू भएका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग आज सिंहदरबारमा भएको वार्तामा सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको मन्त्री श्रेष्ठका प्रेस विज्ञ कमल गिरीले जानकारी दिए ।
वार्तामा सहभागी एक सदस्यका अनुसार यातायात मजदुरलाई कुटपिट गर्नेहरुमाथि कारबाही गर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँबसपार्कमा गरेको भनिएको अनियमितता लगायतका विषयमा छानबिन गर्ने, ट्राफिकले गर्दै आइहरेको जरिवानालाई संशोधन गरेर घटाउने, बाँकी मुद्दाहरुबारे मन्त्रालयले गठन गरेको सर्वपक्षीय कार्यदलमा छलफल गर्ने र सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।

प्रतिक्रिया