आइतबार, वैशाख १६, २०८१

यामाहाको चारवटा नयाँ अपडेटेड संस्करण

नेपालखोज २०७९ फागुन २ गते १६:४६

यामाहाले हिजो सोमबार आफ्ना चारवटा बाइकको अपडेटेड संस्करण सार्वजनिक गर्यो । यी सबै बाइक १५० सीसीका हुन् । लन्च गरिएका बाइकमा २०२३ मोडलका MT-15, R15, FZ-X तथा FZ-S FI समावेश छन् । नयाँ बाइकमा अनेकौं नयाँ फिचर थपिएका छन् । आउनुहोस् यी नयाँ मोडलका विशेषताहरु हेरौं :

नयाँ यामाहा एमटी-१५ भी २.० बाइकमा १५५ सीसी भीभीए लिक्विड कुल्ड इन्जिन दिइएको छ । यो बाइकमा अपसाइड डाउन फोर्क, रियर मोनोसक तथा डिस्क ब्रेक पनि छ । यो बाईक मेटालिक ब्ल्याक, आइस-फ्लुओ वर्मिलियन, साइन स्टर्म तथा रेसिङ ब्लू कलरमा उपलब्ध हुनेछ । दुईवटा अलग भर्सनमा सार्वजनिक गरिएको यो बाईकको अर्को भर्सनमा एलईडी हेडल्याम्प, टीसीएस, डुअल च्यानल एबीएसका साथ ब्लुटुथ पनि जडान गरिएको छ जुन सायन स्टर्म, आइस फ्लुओ भर्मिलियन, रेसिङ ब्लू तथा मेटालिक ब्ल्याक डिलक्स गरि चार रङहरू उपलब्ध हुनेछ । यसको अन्तर्राष्ट्रिय बजार मूल्य लगभग २ लाख ७० जति छ।

यसैगरी यामाहाले FZ-S FI को डिजाइन पनि अपडेट गरेको छ । यसमा एलईडी ल्याम्प र नयाँ हेडल्याम्प दिइएको छ । यसबाहेक, एकीकृत एलईडी डेटाइम रनिङ लाइटहरू उपलब्ध हुनेछन् । यसमा ब्लुटुथ कनेक्टिभिटी, ट्र्याक्सन कन्ट्रोल सिस्टम पनि रहनेछ । यो मेटालिक ग्रे, मेजेस्टी रेड तथा मेटालिक ब्ल्याक तीन कलरमा उपलब्ध हुनेछ । यसको अन्तर्राष्ट्रिय बजार मूल्य लगभग १ लाख ८५ हजार छ।

FZ-X गोल्डन व्हील मा उपलब्ध छ भने नयाँ FZ-X मा अब गोल्डेन ह्वील ट्रिम, एलईडी टर्न इन्डिकेटर, एलईडी टेललाइटहरू पाईनेछ । यसका साथै यसमा एकीकृत एलईडी डेटाइम रनिङ लाइटहरू र द्वि-कार्यात्मक एलईडी हेडल्याम्प पनि दिइनेछ । यो मोटरसाइकलमा मोबाइल चार्जिङ, ब्लुटुथ कनेक्टिभिटी जस्ता फिचर समेत हुनेछन् । रंगको कुरा गर्दा यसमा डार्क म्याट ब्लू तथा म्याट कपर जस्ता तीनवटा विकल्प छन् । यसको एक्स-शोरूम अन्तर्राष्ट्रिय बजार मूल्य लगभग २ लाख १७ हजार जति छ।

यामाहाको R15 डिजिटल इन्स्ट्रमेन्ट क्लस्टर उपलब्ध हुनेछ । R15 एउटा रेसिङ बाइक हो । यो सिग्नेचर सेतो र निलो रङमा लन्च गरिएको छ । यसमा नाइट मोड डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ । भारतमा लागू गरिएको नयाँ उत्सर्जन मापदण्डलाई ध्यानमा राख्दै यामाहा कम्पनीले यो बाइक डिजाइन गरेको हो । यसको अन्तर्राष्ट्रिय बजार मूल्य लगभग २ लाख ९० हजार जति छ ।

प्रतिक्रिया