आइतबार, वैशाख १६, २०८१

बजारमा आयो महिन्द्रा थारको नयाँ संस्करण

नेपालखोज २०७९ फागुन २१ गते १६:२२

काठमाडाैं । महिन्द्रा एण्ड महिन्द्राले थार- २ डब्लु संस्करण लन्च गरेको छ । सस्तो महिन्द्रा थारको चर्चा बजारमा आए देखि नै अफरोडिङ सवारीसाधनका प्रेमिहरू उच्च उत्साहमा थिए । नयाँ महिन्द्रा एण्ड महिन्द्रा थार 2WD टू ह्वीलर ड्राइभ टेक्नोलोजीसँग सम्बन्धित छ ।

ब्रोन्ज कलर र हार्ट टप सहितको यो एसयुभिमा नयाँ डिजेल इन्जिन उपलब्ध छ । यो एसयुभि ब्लेजिङ ब्रोन्ज र एभरेष्ट ह्वाइट नामक दुई नयाँ रंगमा उपलब्ध गराईएको छ। यसका अतिरिक्त य‍ो एक्वामेरिन, नेपोली ब्ल्याक, रेड रेज तथा ग्यालेक्सी ग्रे कलरमा पनि उपलब्ध हुनेछ । यद्यपि ब्लेजिङ ब्रोन्ज एकदमै बेग्लै र आकर्षक रङ भएकाले युवाहरुले यसलाई विशेष मन पराएका छन ।

यो किफायती महिन्द्रा थार दुई भेरियन्ट (AX Opt तथा LX) मा खरिद गर्न सकिन्छ । यसमा केही यस्ता फिचर पनि छन जुन फोर ह्वील ड्राइभमा उपलब्ध हुन्छन् । जस्तै बम्पर, मोल्डेड फुटस्टेप, १८ इन्चको एलोय ह्वील, टेरेन टायर आदि । यस बाहेक यसमा इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (ESP), इलेक्ट्रिक आउटसाइड रियर भ्यू मिरर (ORVM’s), फग ल्याम्प, क्रुज कन्ट्रोल, रूफ माउन्टेड स्पिकर र टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम पनि छ ।

नयाँ महिन्द्रा थार – २ डब्लुडीको मूल्य अन्तर्राष्ट्रिय बजारमा फोर-ह्वील ड्राइभ भेरियन्टको तुलनामा करिब सवा २ लाखदेखि सवा ३ लाख रुपैयाँ कम छ । हाल यसको अन्तर्राष्ट्रिय बजार मूल्य १८ . ६९ लाख रुपैयाँदेखि २३ लाख रुपैयाँ (एक्स-शोरूम ) जति छ। रिपोर्ट अनुसार महिन्द्रा थार नयाँ पावरट्रेनका साथ प्रस्तुत गरिएको छ । कम्पनीले यो एसयूभीलाई नयाँ १.५ लिटर टर्बो–डिजेल इन्जिनसहित सार्वजनिक गरेकोछ, जुन यसअघि XUV ३०० मा पनि प्रयोग भैसकेको छ । यो इन्जिनले ११५ एचपी पावर तथा ३०० एनएम टर्क जेनेरेट गर्छ । यसबाहेक यो एसयूभी २.०-लिटर (पेट्रोल) इन्जिनसँग पनि उपलब्ध छ, जसले १५० एचपी पावर र ३०० एनएम टर्क जेनेरेट गर्छ।

यो एसयुभिको लम्बाइ मात्र ३,९८५ एमएम छ । यसको बाहिरी भागमा कुनै ठूलो परिवर्तन देखिएको छैन र यसलाई मानक हार्ड टप बडीका साथ बजारमा उतारिएको छ।

प्रतिक्रिया