मंगलबार, वैशाख १६, २०८२

एकतर्फीरुपमा कुनै पनि सेवा वापतको शुल्क लिन नपाउने व्यवस्था लागु गर्न राष्ट्र बैंकको निर्देशन

नेपालखोज २०७९ फागुन २ गते १७:२५

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले एकतर्फीरुपमा कुनै पनि सेवा वापतको शुल्क लिन नपाउने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थालहरुले ग्राहकहरुको अनुमती बिना एकतर्फीरुपमा कुनै पनि सेवा वापतको शुल्क लिन नपाउने भएका हुन । राष्ट्र बैंकको वित्तीय समाबेशिता तथा ग्राहक संरक्षण महाशाखाले सुचना जारी गर्दे उक्त व्यवस्था कार्यान्वनमा ल्याउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले सुचना मार्फत भनेको छ, बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमती बिना एकतर्फीरुपमा कुनै पनि प्रकारको वित्तीय सेवा उपलब्ध गराई सो वापत शुल्क लिन नपाईने व्यवस्था गरिएको छ ।

ग्राहकको अनुमती बिना उपलब्ध गराईएका सेवा वापत कुनै शुल्क लिएमा १० प्रतिशत थप गरी ग्राहकको खातामा जम्मा गर्नुपर्ने व्यवस्था रहेकोले सेवाग्राहीले माग नगरेको सेवाबापत बैंक तथा वित्तीय संस्थाले कुनै शुल्क लिएको भएमा उक्त संस्थाको वेभसाईटमा उपलब्ध गराईएको गुनासो सुन्न अधिकारी समक्ष गुनासो गर्नुहोस ।

प्रतिक्रिया