मंगलबार, वैशाख १६, २०८२

पर्यटन प्रवर्द्धनका लागि ‘बुलेट यात्रा’गरिने

नेपालखोज २०७९ फागुन ३ गते १०:२९

काठमाण्डौं । रोयल इफिल्ड बुलेट बाइक प्रयोग गर्ने युवाहरूले आन्तरिक पर्यटन प्रवर्द्धन र भाइचाराको सम्बन्ध विस्तार गर्नका लागि तीन दिने ‘बाइक यात्रा’ गर्ने भएका छन् । फागुन ५ गते बिहान ८ बजे देखी सुरु गरिने बाईक यात्रा ७ गते बिहान काठमाडौं फर्किएर अन्त्य हुने बुलेट राईडरका क्याप्टेन प्रकाश देव गिरीले जानकारी दिए ।

फागुन ५ गते बिहान ८ बजे काठमाडौबाट सुरु हुने बुलेट बाईक यात्रा सोहि दिन खानिखोला–मुग्लिन हुदैँ लमजुङ पुग्नेछ । दोस्रो दिन फागुन ६ गते सोहि लमजुङ घले गाउँ घुमेर लमजुङमै रहेको अर्को ठाउँ भुजुङ, घानापोखरा बास बस्ने र लमजुङ मै रहेको शैलपुत्री मा.वि. धमिलिकुवालाई शैक्षिक सामग्री समेत कार्यक्रम रहेको छ । टोलि फागुन ७ गते विहान काठमाडौ फर्किने छ ।

काठमाडौंको सुकेधारामा रहेको अथोराईज सर्भिस सेन्टर जेरो ईन्जिनियरिङ् मोटरसाईकल प्राईभेट.लिमिटेड सेन्टरको आयोजनामा बाइक यात्रा तय गरिएको एमडि जीवन थापाले जानकारी दिए । राईडमा करिब ४० बटा बुलेट बाईक राईडर सहित ६० जनाको सहभागिता रहने राईडर क्याप्टेन गिरीले जानकारी दिए ।

स्थापनाकाल देखि नै विभिन्न च्यारिटि राईड गर्दै आएको जेरो ईन्जिनियरिङ मोटरसाईकल प्रालिले यो कार्यलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया