शनिबार, जेठ ५, २०८१

‘तेरे खुसी से अगर मुझे खुसी न हुई…’

प्रकाश सायमि २०७८ माघ १६ गते ८:५३

गजलका शहन्शाह
(१९२७-२०१२)

शहन्शाह-ए-गजल मेंहदी हसनले धेरै गजल आफ्नै संगीतमा गाएका छन्, तर उनका चर्चित दुई गजल ‘रञ्जीशें सही दिल ही दुखाने , ‘जिन्दगी में तो सभी , ‘मुझे तुम नजर से गिरा तो रहे हो , ‘प्यार भरे दो शर्मीले नैन ..’ निसार बज्मी, नाशाद, सुहैल राना र रोबिन घोषको संगीतमा गाएका छन् । उनी नेपालका प्रसिद्ध गायक नारायणगोपाल जस्तै हुन् , अरुले संगीत गरेको गीत पनि उनले गाउँदा चार चाँद लगाइदिन्थे ।

उनले नेपाल आउँदा नारायणगोपालको संगीतको कालिप्रसाद रिजालको गीत “आँखा छोपी नरोउ भनी भन्नु पर्या छ ..” गाएका थिए भने जगतमर्दन थापाको संगीतमा कुमारी लिली सिंहले गाइसकेको “भन लौ तिमी नढाँटी कसरी बुझाउँ ..” गाउन उनलाई दीपक जंगमले सघाएको र सच्याएको कुरा उनले कार्यक्रममा मञ्चमै भनेका थिए ।

मेंहदी हसनले भारतका गजलकार मा जिगर मुरादावादीको “तेरे खुशी से अगर मुझे खुशी न हुई” गाएका छन् भने बलिऊडको फिल्म ‘धुन’ मा लक्ष्मीकान्त-प्यारेलालको संगीतमा आनन्द बक्षीको एउटा नज्म गाएका छन् भने शम्भु सेनको शब्द र संगीतमा ‘मृग-तृष्णा’ नामक् फिल्ममा गाएका छन् ।

हसनले पाकिस्तानका प्रसिद्ध शायर फैज अहमद फैजको गजल ‘गुलों में रंग भरे’ र ‘तुम आये हो ना शब ए इन्तिजार’ … सलीम शाहिदको संगीतमा गाएका छन् । त्यसवाहेक मीर तकी मीरको ‘पत्ता पत्ता बुटा बुटा हाल हमारा’ ..नियाज हिसैन शामीको संगीतमा र दाग देहलवीको ‘दुनियाँ किसी के प्यार में ‘ लाल मोहम्मद इकबालको संगीतमा गाएका छन् ।

नेपालमा दिइने ‘गोरखा दक्षिण बाहु’ पाउने उनी पहिलो विदेशी कलाकार हुन् , उनले गोदबा पाएपछि बम्बई संघर्षरत सप्तरी भारदाहका गायक उदीतनारायण झाले ‘मनोकामना’ पत्रिका मार्फत् विरोध गरेका थिए । पछि झालाई पनि दरवारबाट गोदबा चौथो दिइयो ।

हसनले जीवनको अन्तिम वेला हिन्दुस्तानकी प्रसिद्ध गायिका लता मंगेशकरसित आफ्नै संगीतमा फरहत शहजादको गजल ‘तेरे मिलना बहुत अच्छा लगे है …’ गाएका छन् ।

हसरत मोहानीको कैसे छुपाउँ राज ए गम , अहमद फराजको अब के हम विछडे तो कभी ख्वाबों में मिले , मुजफ्फर वारसीको ‘क्या भला मुझको परखने का नतीजा निकला’ , कतिल शिफाईको ‘ये मोजिजा मुहब्बत भी ‘ , बहादुर शाह जफरको ‘बात करनी मुझको ..,’ सलीम गिलानीको “फूल ही फूल खिले उठे है ..” आफ्नै संगीतमा गाएर विश्वविख्यात बनाए ।

नेपाल,भारत, पाकिस्तान र बाँग्लादेशमा प्रसिद्ध मानिएका शहन्शाह-ए-गजल मेंहदी हसन गजल गाएर ‘खाँ साहब’ को पदवी पाउने पहिलो गायक हुन् , उनी कलावन्त घरानाका साधक हुन् । उनको जन्म भारतको राजस्थानस्थित जिलापुरको लोना भन्ने ठाउँमा सन् १९२७ मा भएको हो । भारत पाकिस्तान टुक्रिएपछि भारतमा पहिलो पटक कार्यक्रम गर्न आउने पहिलो पाकिस्तानी गायक हुन् , उनी सन् १९७३ मा भारतको मुम्बई र दिल्लीमा आएर कार्यक्रम गरेका थिए ।

शहन्शाह-ए-गजल हसनका हजुरबुबा राणाकालमा नेपालको दरवारमा आएर राजा त्रिभुवनलाई संगीत सिकाएको इतिहास छ ।

प्रतिक्रिया