’राष्ट्रपति चुनावमा कांग्रेसले ढोक्सा थाप्छ’

नेपालखोज २०७९ फागुन ३ गते १५:५५

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले दोहोर्याउँदै आइरहेका भनाइको जवाफ दिएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसले राष्ट्रपतिको चेनावमा ढोक्सा थाप्ने बताएका छन् ।

उनले एमालेलाई रबर स्ट्याम्प लगाउने राष्ट्रपति चाहिएको बताउँदै त्यसलाई उल्ट्याएर राष्ट्रिय सहमति कायम गर्न सक्ने व्यक्तिलाई कांग्रेसले आफ्नो तर्फबाट उम्मेदवार उठाउने बताए । ‘विगतमा एमाले अध्यक्षले कांग्रेसले सरकारलाई समर्थन गरेर ढोक्सा थापेको आरोप लगाए’ सांसद पौडेलले भने, ‘अब कांग्रेसले राष्ट्रपति पदमा ढोक्सा थाप्छ ।’

उनले एमालेले जस्तो रबरस्ट्याम्प नभई अविभावक, संविधानको संरक्षण गर्न सक्ने राष्ट्रपति मुलकुलाई चाहिने बताएका छन् । यसका लागि कांग्रेसले प्रयास गरिरहेको उनले बाए । रबरस्ट्याम्प राष्ट्रपति बनाउने प्रयास भइरहेको भन्दै कांग्रेसले त्यसको प्रतिवाद गर्ने बताए ।

‘राष्ट्रका संरक्षक गर्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाउँदा कांग्रेसले ढोक्सा थापेको मानिन्छ भने हामी त्यो ढोक्सा राम्रोसँग थाप्न तयार छौं’ उनको भनाइ थियो ।

प्रतिक्रिया