फौजदारी अभियोग लागेका सांसद निलम्बन हुनुपर्छ : महर
नेपालखोज
२०७९ फागुन ३ गते १६:०३

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले फौजदारी अभियोगमा मुद्दा चलेका सांसदहरूले आफ्नो पद निलम्बन नहुने नियमावली बनाउने प्रक्रिया थाल्नु कानुनी शासनको उपहास भएको बताएका छन् ।
नेपाल विद्यार्थी संघ पशुपती क्याम्पसको साताव्यापी खेलकुद प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै महरले फौजदारी अभियोगमा अदालतले पूर्पक्षका लागि थुनामा पठाएका कर्मचारी निलम्बन हुने तर सांसदले आफ्नो पद जोगाउन निलम्बन हुन नपर्नेगरी नियमावली बनाउने प्रक्रिया अगाडी बढाउनुलाई संसदीय व्यवस्था र कानुनी राज्यको खिल्ली उडाउने काम भएको बताए ।
सम्बन्धित
प्रतिक्रिया