विश्व बैंकका प्रमुखले पदावधि पूरा हुनुअघि नै दिए राजीनामा
नेपालखोज
२०७९ फागुन ४ गते ९:३०

एजेन्सी । विश्व बैंकका प्रमुख डेभिड मालपासले राजीनामाको घोषणा गरेका छन् । डेभिडले आफ्नो कार्यकाल पूरा हुनुअघि नै यो घोषणा गरेका हुन् । डेभिडको कार्यकाल २०२४ मा समाप्त हुँदै थियो ।
डोनाल्ड ट्रम्पको कार्यकालमा डेभिड मालपास विश्व बैंकको प्रमुख बनेका थिए । डेभिड मालपासको कार्यकालमा विश्व बैंकका अगाडि अनेकौं विश्वव्यापी चुनौतीहरू देखा परे जसमा कोविड , युक्रेनमा रुसको आक्रमण तथा विश्वव्यापी आर्थिक चुनौती प्रमुख छन् ।
६६ वर्षीय डेभिड मालपासका अनुसार धेरै सोचविचारपछि म अब नयाँ चुनौती सामना गर्ने निष्कर्षमा पुगेको छु । सहज नेतृत्व परिवर्तनका लागि यो उपयुुक्त अवसर पनि हो । डेभिड मालपास डोनाल्ड ट्रम्पको अभियान सल्लाहकार समेत थिए।
सम्बन्धित
प्रतिक्रिया