हजका लागि चैत ४ गतेभित्र निवेदन दिईसक्नुपर्ने
नेपालखोज
२०७९ फागुन ४ गते ९:३३

काठमाडौं । नेपाल हज समितिले हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्वीहरूका लागि आगामी चैत ४ गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन सूचना प्रकाशित गरेको छ ।
यो २०२३ (हज १४४४) का लागि मागिएको आवेदन हो । यसपटक हज यात्राका लागि साउदी अरब सरकारले नेपाललाई १२ सय जनाको कोटा तोकेको छ । हज यात्राका लागि पहिलो किस्ता वापतको २ लाख २५ हजार रुपैयाँ आफ्नो जिल्ला प्रशासन कार्यालयमा बुझाएर निवेदन दिनुपर्छ ।
निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्र र राहदानीको फोटोकपि , रकम बुझाएको भौचर, हालसालै खिचिएको २ प्रति पासपोर्ट साइजको फोटो, कोरोनाविरुद्धको पूर्ण खोप लगाएको क्यूआर कोड तथा बैंक खाताको चेकको फोटोकपी पेस गर्नुपर्ने बताईएको छ ।
सम्बन्धित
प्रतिक्रिया