शुक्रबार, वैशाख २१, २०८१

सुनचाँदीको मूल्य घट्यो

नेपालखोज २०७९ फागुन ४ गते १०:५५

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन प्रतितोला ६ सय रुपैयाले घटेर १ लाख ३ हजार रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ ६ सय रुपैयाले घटेको छ । तेजाबी सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारआइतबार तेजाबी सुन प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ ५ रुपैयाले घटेको छ । चाँदी आज प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया