सांसद भण्डारीकी आमाकाे उपचारको क्रममा निधन

नेपालखोज २०७९ फागुन ४ गते ११:४२

काठमाडौं । ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भई कीर्तिपुरस्थित अस्पतालमा उपचाररत ८६ वर्षीया हरिकला भण्डारीको निधन भएको हो ।

गए राति निवास बुद्धनगरमा ग्यास सिलिण्डर बिस्फोट हुँदा हरिकला र उनका छोरा नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारी गम्भीर घाइते भएका थिए ।

प्रतिनिधिसभाका सदस्यसमेत रहेका भण्डारी र उनकी ८६ वर्षीया आमालाई सिभिल अस्पतालहुँदै कीर्तिपुर अस्पताल लगेर आइसीयूमा उपचार थालिएको थियो।

सांसद भण्डारीको आमाको कीर्तिपुर अस्पतालमा आज बिहान १० बजेर ५७ मिनेटमा निधन अस्पतालले जनाएको छ । सांसद भण्डारीको उपचार जारी छ। उनलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी गरिएको छ।

प्रतिक्रिया