सभापति देउवाद्वारा भण्डारीको स्वास्थ्य लाभको कामना
नेपालखोज
२०७९ फागुन ४ गते १२:२१

काठमाडौं । नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कीर्तिपुर अस्पतालमा उपचाररत कांग्रेसका नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारीको स्वासथ्य लाभको कामना गरेका छन् ।
आज बिहान अस्पताल पुगेर देउवाले घाइते भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बुधबार राति ग्यास सिलिण्डर पड्किएर सांसद भण्डरीकोा दुवै हात र गोडा गरी २५–३० प्रतिशत जलेको अस्पतालले जनाएको छ । उनलाई थप उपचारका लागि भारत लैजाने तयारी पूरा भएको स्वास्थ्यमन्त्री पदम गिरिले बताएका छन् ।
सोही विष्फोटमा परी गम्भीर घाइते भण्डारीकी आमा हरिकलाको भने उपचारका क्रममा आश बिहान १० बजेर ५७ मिनेट जाँदा निधन भएको अस्पतालले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया