ल्होत्से मलको मोवाइल लुटपाटमा बसका चालक र सहचालक नै संलग्न

नेपालखोज २०७९ फागुन ४ गते १२:४५

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रमा संचालित ल्होत्से मलमा सोमबार दिउँसो भएको मोवाइल लुटपाटमा बसका चालक र सहचालक नै संलग्न भएको पाइएको छ । सीसीटीभी फुटेजको अध्ययनमा उनीहरुको संलग्नता देखिएको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

यातायात मजदुर र व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइल पसल प्रवेश गरेर पसल ताेडफाेड र मोवाइल चोरी गर्दै गरेको देखिएपछि उनीहरुलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले जनाएको छ ।

भिडियोमा देखिएका मुख्य व्यक्तिहरुलाई पक्राउ गरिसिकिएको प्रहरीको भनाइ छ । संलग्न अन्यको खोजी भइरहेको जनाइएको छ । भिडियोमा ३० जनाभन्दा बढी मानिसले मोवाइल पुसलबाट मोवाइल बाकेर बाहिर निस्कँदै गरिएका दृष्य सामाजिक संजालमा आएको सीसी टीभीमा देखिएको छ ।

पक्राउ पर्ने चालक र सहचालक बाइसधारा र तारेश्वकर यातायातका भएको खुलेको छ । सोही दिन मातापोखरी क्षेत्रमा प्रहरीको दुई वटा गाढीमा समेत आगजनी गरिएको थियो । आगजनी र मोवाइल लुटपाट घटनामा संलग्नताको आरोपमा अहिलेसम्म १ महिला संगीता परियारसहित १५ जना पक्राउ परेको प्रहरीले जनाएको छ । अन्यको खोजी भइरहेको जनाइएको छ ।

मोवाइल पसलेहरुले भने दुई मोवाइल पसलमा लुटपाट भएको र लुटपाटबाट १० करोड रुपैयाँको क्षति भएको दाबी गर्दै आएका छन् । सोमबार यातायात मजदुर र व्यवसायीहरुले ट्राफिक जरिवानाको विरोधमा माछापोखरी क्षेत्र सडकमा बस तेर्स्याएर विरोध प्रदर्शन गरेका थिए । सो क्रममा जम्मा भएको भीडबाट एक समूहले आगजनी र लुटपाट मच्चाएको थियो ।

प्रतिक्रिया