आईओसीले घटाएर पठायाे पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य
नेपालखोज
२०७९ फागुन ४ गते १९:३३

काठमाडौं । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ ९७ पैसा घटेर आएको छ । त्यस्तै, डिजेलको मूल्य ६ रुपैयाँ ४१ पैसा घटेर आएको छ ।
हवाई इन्धनको मूल्य एक रुपैयाँ ८८ पैसा घटेर आएको छ । निगमका अनुसार भारतबाट इन्धनको मूल्य घटेर आएपनि नेपालमा मूल्य घटाउनेबारे निर्णय भएको छैन । अहिले पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७८ रुपैयाँ रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया