नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ फागुन ४ गते २२:०२

नुवाकोटमा बस दुर्घटना हुँदा तीनको मृत्यु, २३ घाइते ।

चुनावी खर्च नबुझाउनेलाई जरिवाना तिराउने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न आदेश ।

अदालतले थुनामा पठाएमात्रै सांसद निलम्बन हुने प्रतिनिधिसभा नियमावलीमा व्यवस्था ।

सांसद चन्द्र भण्डारीलाई श्री एयरलाइन्सको विमानमार्फत भारत लगियो, भण्डारीको आमाको निधन ।

दाङमा ग्याँस सिलिण्डर पड्किँदा २ जना घाइते ।

गाई काट्दै गर्दा सोलुमा चार जना पक्राउ ।

स्ववियु कार्यतालिका सार्वजनिक, निर्वाचन बिहान ८ बजेदेखि ।

आईओसीले घटाएर पठायो पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य ।

गोंगबु घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा ५ सदस्यीय समिति ।

२१ अंकले नेप्से घट्दा १ अर्ब ६८ करोडको सेयर किनबेच ।

पूर्वी चीनमा भवनमा आगलागी हुँदा ६ जनाको मृत्यु, २८ घाइते ।

प्रतिक्रिया