शनिबार, वैशाख १३, २०८२

शिवजीलाई खुशी बनाउने उपाय

नेपालखोज २०७९ फागुन ५ गते ७:३६

सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर पाउन तथा पतिको दीर्घायूको कामनासहित विवाहिता नारीले भगवान शिवको पूजा आरधना गर्ने गर्दछन् ।

यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको दान गरेमा विशेष फल प्राप्त हुने विश्वास गरिन्छ । त्यस्तै सोमबारका दिन भगवान शिवप्रति समर्पित भई शिव स्तोत्र, रुद्राक्ष, बेल पत्ताको पूजा गर्नाले भगवान शिव प्रशन्न हुन्छन् भन्ने विश्वास गरिन्छ ।

यस दिन विहान सवेरै उठेर भगवान शिवको दर्शन गरी शिवपञ्चाक्षरस्तोत्र पाठ गर्नाले भगवान शिव प्रसन्न भइ समस्या समाधान हुने विश्वास गरिन्छ ।

श्रीशिवपञ्चाक्षरस्तोत्रम्

नागेन्द्रहाराय त्रिलोचनाय, भस्माङ्गरागाय महेश्वराय ।

नित्याय शुद्धाय दिगम्बराय, तस्मै न काराय नमः शिवाय ॥१॥

मन्दाकिनी सलिलचन्दन चर्चिताय, नन्दीश्वर प्रमथनाथ महेश्वराय ।

मन्दारपुष्प बहुपुष्प सुपूजिताय, तस्मै म काराय नमः शिवाय ॥२॥

शिवाय गौरीवदनाब्जवृन्द, सूर्याय दक्षाध्वरनाशकाय ।

श्रीनीलकण्ठाय वृषध्वजाय, तस्मै शि काराय नमः शिवाय ॥३॥

वसिष्ठकुम्भोद्भवगौतमार्य, मुनीन्द्रदेवार्चितशेखराय।

चन्द्रार्क वैश्वानरलोचनाय, तस्मै व काराय नमः शिवाय ॥४॥

यक्षस्वरूपाय जटाधराय, पिनाकहस्ताय सनातनाय ।

दिव्याय देवाय दिगम्बराय, तस्मै य काराय नमः शिवाय ॥५॥

पञ्चाक्षरमिदं पुण्यं यः पठेच्छिवसन्निधौ ।

शिवलोकमवाप्नोति शिवेन सह मोदते ॥

यस्ता कार्य गर्दा हुन्छ मनोकांक्षा पूर्ण !

हिन्दु धर्मशास्त्रअनुसार सोमबार भगवान् शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ । शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ ।

सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ । त्यस्तै ज्ञान प्राप्ति हुन्छ । अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ । भगवान् शिवप्रति श्रद्धाभाव राख्दै निम्न पाँच काम गर्नाले मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

– सोमबार भगवान शिवको दिन अर्थात् चन्द्रमाका दिनका रुपमा लिइन्छ। यस दिन बिहान सबेरै उठेर भगवान् शिवको दर्शन गरी शिव चालीसा या शिवाष्टकको पाठ गर्नाले भगवान शिव प्रशन्न भई समस्या समाधान हुने विश्वास गरिन्छ ।

– दाम्पत्य जीवनमा आउने उतार चढाव वा समस्या समाधानको लागि सोमबारको विहान सबेरै गौरी–शंकरलाई मनन गरी रुद्राक्ष शिव भगवानलाई अर्पर्ण गर्नाले मनले चिताएको पूरा हुने धार्मिक विश्वास छ ।

– बिहानै बेलपत्रमा सेतो चन्दनको टीका बनाएर शिवलिंगको पूजा गर्नाले पनि फलिफाप हुन्छ ।

– सोमबारका दिन आफ्नो पायक पर्ने शिव मन्दिरमा पुगेर शिवलिंगमा दूध चढाउनुपर्छ । उक्त दूध तामाको भाडामा ल्याएर आफ्नो व्यापार व्यवसाय गरेको ठाउँमा पूर्ण श्रद्धाका साथ छर्किदै ‘ॐ नमः शिवायः’ मन्त्रको जप गर्नाले व्यवसायमा श्रीवृद्धि हुने मान्यता राखिन्छ ।

– ‘ॐ नमो धनदाय स्वाहा’ मन्त्र कुनै शिव मन्दिरमा गएर रुद्राक्षको मालाले ११ पटक जप गर्नुहस् । यस मन्त्रको जप गर्नाले धन लाभ हुने धार्मिक विश्वास छ । नोकरी र व्यापारमा सफलता पाउन यस्तो गर्नुस् ! फाल्गुन कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्रिका दिन भक्तहरु भोलेनाथको पूजाका साथ व्रत पनि बस्छन् ।

विधि-विधानपूर्वक आराधना गर्दै महाशिवरात्रिका दिन गरिएको भगवान् शंकरको उपासनाबाट कैंयन् गुणा बढी फल मिल्छ भन्ने विश्वास गरिन्छ । यदि नोकरी, व्यापार तथा स्वास्थ्यमा सफलता चाहने हो भने महाशिवरात्रिमा केही उपाय अपनाउन सकिन्छ ।

नोकरीमा सफलताका लागि : महाशिवरात्रिका दिन भगवान् शिवको अभिषेक गर्नुपर्छ । अभिषेकका क्रममा ‘ओम नमः शिवाय’ को जप गरिरहनुपर्छ । भगवान् शिवजीलाई सेतो फूल अर्पित गरी नोकरीमा सफलताका लागि प्रार्थना गर्नुपर्छ ।

धन प्राप्तिका लागि : महाशिवरात्रिका दिन बिहान स्नान पछि सफा र चोखो पहिरन लगाउने । त्यसपछि पञ्चामृतले शिवलिंगको अभिषेक गर्ने । अन्त्यमा जलले अभिषेक गर्ने । जलार्पण पछि ‘ओम नमः पर्वतीपतये ‘ मन्त्र १०८ पटक जप गर्ने ।

उत्तम स्वास्थ्यका लागि : महाशिवरात्रिका दिन साँझ माटोको दीयोमा घिउ तथा कपुर हालेर बाल्ने । यसैगरि चार वटा पातको दियो पनि बाल्ने । यसका साथ जलमा दूध, मिश्री तथा अक्षेता मिसाएर शिवलिंगमा अर्पित गर्ने ।

विवाहका लागि : यदि विवाहमा कुनै किसिमको बाधा उत्पन्न भैरहेको छ भने महाशिवरात्रिका दिन पहेँलो वस्त्र लगाएरर शिव मन्दिरको दर्शन गर्ने । आफ्नो उमेर बराबरको संख्यामा बेलपत्र लिएर त्यसमा पहेँलो चन्दन दलेर शिवजीलाइ अर्पित गर्ने ।

प्रतेक बेलपत्र चढाउँदा ‘ओम नमः शिवाय’ को जप गर्नुपर्छ । महाशिवरात्रिमा बेलपत्रको महत्त्व महाशिवरात्रिको पावन अवसरमा शिव भक्तहरु भगवान् शिवको विधिपूर्वक पूजाअर्चना गर्दै उनलाई बेलपत्र चढाउँछन् । बेलपत्रबिना भगवान् शिवको पूजा अधुरो मानिन्छ । धार्मिक मान्यताअनुसार, बेलपत्र चढाउँदा शिवजी प्रसन्न हुन्छन किनभने यसका कारण उनक‍ो मस्तक शीतल रहन्छ । बेलपत्र चढाउने विधि, मन्त्र तथा यसबाट हुने लाभका बारेमा केही जानकारी लिउँ :

-सबैभन्दा पहिले भगवान शिवको स्मरण गर्दै बेलपत्र टिप्नुहोस् । शिवजीलाई चढाइने बेलपत्र मा तीनवटा (तीनपाते) पत्ता हुनुपर्छ । शिवजीलाई तीन​पाते बेलपत्र नै चढाउनुपर्छ । बेलपत्र टिपेपछि बेलको रुखलाई नमस्कार गर्नुपर्छ ।

-बेलपत्र काटिएको, सडेको हुनु हुँदैन । यदि बेलपत्र छैन भने शिवलिंगमा चढाइएको बेलपत्र सफा गरेर फेरि चढाउन सकिने बताइन्छ किनभने बेलपत्र कहिल्यै अशुद्ध हुँदैन भन्ने मान्यता छ ।

-सोमबार, अमावस्या, शिवरात्रि, चतुर्थी, अष्टमी, नवमी तिथि तथा संक्रान्तिका दिन बेलपत्र टिप्नु हुँदैन । यसो गर्दा दोष लाग्ने मान्यता छ ।

-बेलपत्र अर्पित गर्दा त्यसको चिल्लो सतहले शिवलिंगलाई स्पर्श गरेको हुनुपर्छ ।

यसरी चढाइने बेलपत्रमा चक्र तथा वज्र हुनु हुँदैन ।

-​शिवजीलाई तीनदेखि एघारवटा बेलपत्र चढाउन सकिन्छ । विशेष मनोकामना पूर्तिका लागि चन्दनले बेलपत्रमा जय श्रीराम लेखेर अर्पित गर्नुपर्छ ।

बेलपत्र अर्पित गर्ने मन्त्र

नमो बिल्ल्मिने च कवचिने च नमो वर्म्मिणे च वरूथिने च नमः श्रुताय च श्रुतसेनाय च नमो दुन्दुब्भ्याय चा हनन्न्याय च नमो घृश्णवे॥

दर्शनं बिल्वपत्रस्य स्पर्शनम् पापनाशनम्। अघोर पाप संहारं बिल्व पत्रं शिवार्पणम्।। त्रिदलं त्रिगुणाकारं त्रिनेत्रं च त्रिधायुधम्। त्रिजन्मपापसंहारं बिल्वपत्रं शिवार्पणम्॥

अखण्डै बिल्वपत्रैश्च पूजये शिव शंकरम्। कोटिकन्या महादानं बिल्व पत्रं शिवार्पणम्॥ गृहाण बिल्व पत्राणि सपुश्पाणि महेश्वर। सुगन्धीनि भवानीश शिवत्वंकुसुम प्रिय॥

यदि यो मन्त्र पढ्न सकिँदैन भने भगवान् शिवको सबैभन्दा सरल मन्त्र ओम नम: शिवाय जप गर्दै शिवलिंगमा बेलपत्र अर्पित गर्न सकिन्छ ।

महाशिवरात्रिमा बेलपत्र चढाउँदा हुने लाभ धार्मिक मान्यताअनुसार, बेलपत्र चढाउँदा भगवान् शिव अत्यन्त प्रसन्न हुन्छन । शिवको कृपाले दरिद्रता भाग्छ भने सौभाग्य पनि प्राप्त हुन्छ । यसबाट धन धान्य वृद्धि हुनुका साथै संकट दूर हुने विश्वास गरिन्छ । भगवान्‌लाई बेलपत्र चढाउँदा स्वास्थ राम्रो रहन्छ र मनोकामना पूरा हुन्छ । महादेवलाई अर्पित गरौं यी तीन चिज यसपटकको महाशिवरात्रिमा कैंयन् शुभ योग निर्माण हुँदै छ । मान्यताअनुसार यस दिन जलाभिषेक गरेर शिव-शंकरको विधि विधानका साथ भक्ति-भावपूर्वक पूजाआजा गरे मनकामनाहरु पूरा हुन्छन् । यो दिन खास विधानपूर्वक शिवजीको पूजा गरि उनलाई मनपर्ने चीजहरु चढाइन्छ । पौराणिक कथा अनुसार यहिदिन भगवान भोलेनाथको बिबाह माता पार्वती सँग भएको थियो । यो दिन व्रत राखेर शिवलिंगको पूजा गरिन्छ । यो पूजाको क्रममा तीन वटा यस्ता अहम् चिज छन् जुन शिवलिंगमा अवश्य चढाइन्छ ।

बेलपत्र

बेलपत्र भगवान शंकरलाई निकै प्रिय रहँदै आएको छ । शिवलिंगमा बेलपत्र चढाउँदा पुण्य फल प्राप्त हुन्छ । महाशिवरात्रिमा एघारवटा बेलपत्रमा गाईको घिउ दलेर भगवान् शिवलाई चढाउन सकिन्छ । बेलपत्र चढाउँदा ॐ नम: शिवाय मन्त्र जाप गरिरहनुपर्छ । भनिन्छ यसो गर्दा भोलेनाथ खुसि भएर चाहेको वरदान दिन्छन् ।

पञ्चामृत

महाशिवरात्रिका दिन भगवान् भोलेनाथलाइ पञ्चामृतले स्नान गराइन्छ । यसक्रममा शिवलिंगमा पञ्चामृत ले अभिषेक गरिन्छ । पञ्चामृतका रुपमा दुध, घ्यु , दही, मह तथा चीनी प्रयोग गरिन्छ । पुरा मनले शिव जीक‍ो पूजा गर्नुपर्दछ । मान्यता अनुसार महाशिवरात्रिमा दिनभर व्रत राखेर भगवान शिवको पञ्चामृतले अभिषेक गरि विधि-विधान पुर्वक पूजा गरे अबिबाहित युवतिहरुले योग्य र मनले खोजे जस्तै वर प्राप्त गर्न सक्छन् ।

धतुरो

महादेवलाइ धतुर‍ निकै प्रिय छ । महादेवक‍ पूजा गर्दा धतुरोको प्रयोग अनिवार्य जस्तै छ । धतुरो बिना भगवान शिवको पूजा पूरा भएको मानिदैन । महाशिवरात्रिका दिन शिवलिंगको अभिषेक गरेर बेलपत्र तथा धतुर‍ चढाउने बिधान छ ।

प्रतिक्रिया