आइतबार, असार १५, २०८२

सांसद भण्डारीको मुम्बईमा उपचार सुरु

नेपालखोज २०७९ फागुन ५ गते ७:४९

काठमाण्डौं । बुधबार राति काठमाडौं बुद्धनगरस्थित घरमा ग्यास लिग भएपछि भएको आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको मुम्बईमा उपचार सुरु भएको छ ।

मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा भर्ना भएर उपचार सुरु भएको उनीसँगै गएका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिएका छन् । कांग्रेस नेता खेलराज पाण्डेले कँडेलसँगको संवाद भएको र नेता भण्डारीलाई अस्पतालमा भर्ना गरिएको जानकारी दिएका छन् ।

सांसद भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो । अस्पताल स्रोतलाई उल्लेख गर्दै कांग्रेस नेता कँडेलले भण्डारी खतरामुक्त रहेको बताए ।

शुक्रबार छाला सम्बन्धि २ वटा सामान्य शल्यक्रिया हुने छ । चिकित्सकहरूको सल्लाहबमोजिम सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिएको हो । सांसद भण्डारीकी ८९ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ ।

प्रतिक्रिया