बिहीबार, जेठ २, २०८२

शान्तिका लागि देशको भुमि दिने कुरा मान्य हुँदैन

नेपालखोज २०७९ फागुन ५ गते १२:३८

काठमाडाैं । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफ्नो सरकार रुससँगको सम्भावित शान्ति सम्झौतामा भूमि छोड्न तयार नभएको बताएका छन् । फेब्रुअरी २४ मा रुस र युक्रेनबीच चलिरहेको युद्धको एक वर्ष पूरा हुनेछ।


जेलेन्स्की अहिले बेलायती नेताहरुलाई भेट्न लण्डन पुगेका छन । यस अवसरमा बीबीसीलाई दिएको विशेष अन्तर्वार्तामा उनले रुसलाई जमिन दिनुको उसलाई पल्काउनु हो र उ अझ अगाडि बढन चाहन्छ । उनले पश्चिमा हतियारले रुसलाई ठेगान लगाएर शान्तिलाई नजिक ल्याउने दाबि पनि गरे ।

जेलेन्स्कीले चारैतिरबाट रुसी आक्रमण चारैतिरबाट हुन थालेको छ कुरा बताउँदै भने, “आधुनिक हतियारले शान्ति प्रक्रियालाई गति दिनेछ, किनभने रुसले बुझ्ने भाषा हतियारको मात्र हो।

प्रतिक्रिया