सोमबार, जेठ ७, २०८१

फ्राइडे फिल्म: एक नेपाली, दुई विदेशी

नेपालखोज २०७९ फागुन ५ गते १४:३१

काठमाडाैं । आज शुक्रबार नेपाली फिल्म ‘फूलबारी’ प्रदर्शनमा आएको छ भने विदेशी फिल्ममा बलिउड फिल्म ‘शहजादा’ तथा हलिउड फिल्म ‘एन्ट-म्यान एण्ड द वास्प : क्वान्टुमेनिया’ प्रदर्शनमा आएको छ ।

‘फूलबारी’ रामबाबु गुरुङद्वारा निर्देशित चलचित्र हो जसमा दयाहाङ राई, विपिन कार्की, अरुणा कार्की, गौमाया गुरुङ, प्रियंका कार्की, सोमनाथ खनाल, शिल्पा मास्के, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक, साक्षी सिंह भण्डारीआदि कलाकारले अभिनय गरेका छन ।यो फिल्मको पटकथा उपेन्द्र सुब्बा तथा कथा कमल किशोरले लेखेका हुन । यो चलचित्र अभिभावक र सन्तानबीचको सम्बन्धमा आधारित छ ।

पेटन रीडले निर्देशन गरेको हलिउड फिल्म ‘एन्ट-म्यान’ मार्बल स्टुडियोको फिल्म हो। यो फिल्ममा पल रुड, इवांगेलिन लिली तथा जोनाथन मेजर्सको मुख्य भूमिका छ ।

यसैगरी रोहित धवन निर्देशित चलचित्र ‘शहजादा’ मा कार्तिक आर्यन, कृति सेनन, परेश रावल, मनिषा कोइराला, रोनित रोय आदि कलाकारको अभिनय हेर्न पाइन्छ । यो फिल्ममा दुई बच्चा जन्मँदै साटिएको र धनी परिवारको बच्चा गरिब परिवारमा पुगेपछि उत्पन्न उतारचढाव देखाइएको छ। यो अल्लु अर्जुन र पूजा हेगडे अभिनीत सुपर हिट दक्षिण भारतिय चलचित्र ‘अला बैकुण्ठपुरमलो’ को हिन्दी रिमेक हो ।

प्रतिक्रिया