शनिबार, असार १४, २०८२

चप्पल, टूथब्रश आदिको समेत हुन्छ एक्सपायरी डेट

नेपालखोज २०७९ फागुन ५ गते १५:११

काठमाडाैं । हामि हाम्रा टूथब्रश तथा चप्पलहरू वर्षौंसम्म रगडि रहन्छौं । यति सम्म कि ती काम नलाग्ने हुन्जेल सम्म । आफुले किनेको सामानको पाई- पाई असुल्ने सोच हाम्रोजस्तो गरिब देश सबै तिर पाईन्छ । अझ थप ती सामानको प्रयोग छोडे पनि हामी त्यसलाई अर्को काममा लगाउँछौं जस्तो टूथब्रश लाई हामी घरका विभिन्न सामान घोटन वा सफा गर्न काम लाग्छ भनेर फ्याल्दैनौँ बरु जोगाएर राख्छौं । हामिमा त्यो चिजलाई घरबाट निकाल्ने सोच पनि आउँदैन । यदि हामिले कुनै ब्रान्डेड लुगा किनेका छौं भने त्यो हामी बूढो हुन्जल हाम्रो अलमारीमा रहन्छ वा त्यसलाई हाम्रा भाइ- बहिनी, भान्जा- भान्जी आदिले प्रयोग गरिसकेका हुन्छन् । हामी यस्ता मानिस हौं जो कुनै पनि चीजको प्याकेटमा लेखिएको हद म्याद ( एक्सपायरी डेट ) लाई कहिल्यै गम्भीरताका साथ लिदैनौं । यद्यपि, हाम्रो जीवन जस्तै सबै चीजबिजको निश्चित जीवन छ।

स्लीपर्स : हाम्रो खुट्टामा देखापर्ने फंगल संक्रमणको एउटा कारण हामिले घरमा प्रयोग गर्ने चप्पल धेरै वर्षसम्म परिवर्तन नगर्नु पनि हो । यी चप्पलले सबै प्रकारका कीटाणु लाई बास मात्र दिदैनन तिनलाई हाम्रो सम्पूर्ण शरीरमा समेत फैलाउँछन् । सामान्यतया हरेक ६ महिनामा चप्पल फेर्नुपर्छ । यद्यपि हामीलाई हाम्रो घरको चप्पल कति वर्षदेखि फेरिएको छैन भन्ने हेक्का पनि छैन ।

तकिया : अब वर्षौंदेखि प्रयोग भैरहेको सिरानी पनि फेर्ने बेला आएको छ । अनुसन्धानकर्ताहरू भन्छन्, ‘सामान्यतया १ देखि २ वर्षमा आफ्नो तकिया परिवर्तन गर्नुपर्छ । यसो गर्नाले घाँटी दुख्ने तथा एलर्जीको समस्याबाट जोगिन सकिन्छ ।

तौलिया : तौलियाको आयु मात्र एक वर्ष हो । जतिसुकै ब्रान्डेड तौलिया किने पनि एक वर्ष पछि त्यसलाई बदल्नुपर्छ ।

शावर पफ र स्पन्ज : शावर पफ र स्पन्जले शरीरको फोहोर हटाउँछन् । यद्यपि यस्ता पफ र स्पन्जको फोहोर हटाउन मनतातो पानीले धुनु राम्रो हुन्छ भन्ने हेक्का हामि मध्ये धेरै कममा छ । यसका साथै हामिले शावर पफ र स्पन्जलाई प्रत्येक ६ महिनामा परिवर्तन गरिरहनु पर्छ ।

हेयरब्रश : यदि तपाई स्याम्पुले कपाल सफा गर्न चाहनुहुन्न भने नियमित रुपमा हेयरब्रशले केस सफा गर्नु हुन्छ । स्वच्छताको हिसाबले हामीले प्रयोग गर्ने हेयरब्रश तथा काईँयो प्रत्येक वर्ष परिवर्तन गर्नुपर्छ ।

टूथब्रस : जबसम्म हाम्रो टूथब्रसको ब्रस पूर्णतया मोडिदैन तबसम्म हामी त्यसलाई दाँतमा रगडिरहन्छौं । हामिले यसलाई प्रतेक ३ महिनामा परिवर्तन गर्नुपर्छ । यसले संक्रमणको जोखिम कम गर्छ।

ब्रा : वार्डरोबबाट आफुलाई मनपरेको ‘ब्रा’ निकाल्न गाह्रो हुन्छ तर यो आत्म हेरचाहका लागि धेरै नै महत्त्वपूर्ण छ। सामान्यतया ‘ब्रा’ को एक्सपायरी डेट यसलाई किनेको १ वा २ वर्ष जति हो ।

परफ्युम : डियो र परफ्युमको पनि एक्सपायरी डेट हुन्छ । सामान्यतया १ देखि ३ वर्ष पछि यसलाई डस्टबिनमा फाल्नुपर्छ।

किचेन मसलाहरू : भान्सामा भएका मसलाहरूको लाइफ छोटो हुन्छ । यस्ता मसाला ६ महिना भित्र प्रयोग गरिसक्नुपर्छ ।

पीठो : पीठोलाई ६ महिना सम्म संचित गर्न सकिन्छ । उच्च-ग्रेडको पीठो भने १ वर्ष सम्म राख्न सकिन्छ ।

प्रतिक्रिया