सोमबार, असार ९, २०८२

‘देशी विदेशी शक्तिहरुको चलखेल अझै छ’

नेपालखोज २०७९ फागुन ५ गते १८:०४

काठमाडाैं । सभामुख देवराज घिमिरेले देश पहिलेभन्दा प्रतिकूल अवस्थामा गएको बताएका छन् । झापाको बिर्तामोडमा पत्रकारसँग कुरा गर्दै सभामुख घिमिरेले संसदमा धेरै दलहरु रहेका कारण पनि समस्या भएको बताए । अहिले अनेपेक्षित रुपमा दलहरु संसदमा पुगेको र तिनीहरुको गन्तव्य के हो भन्ने थाहा नभएको उनको भनाइ छ ।

उनले भने, ‘सविधानले बन्देज लगाएको कुरा गर्ने दलहरुसमेत सदनमा छन् उनीहरुले कानूनभन्दा बाहिरको कुरासमेत गरिरहेका छन् । उनले देशी विदेशी शक्तिहरुको चलखेल अझै रहेको बताए ।

घिमिरेले देशमा अझै विदेशीको चलखेल रहेको बताए । उनले समस्या भए पनि समाधान गर्ने भूमिकामा आफू नभई रेफ्रीको भुमिकामा रहेको बताए । सदनमा ५ वटा दल हुँदा त समस्या भएको भन्दै १२ वटा दल सदनमा हुँदा कानुनहरु पास गर्ने कुरामा समस्या हुने बताए ।

प्रतिक्रिया