सिन्धुपाल्चोकको बाह्रबिसेमा आगलागी, एउटा घर जलेर नष्ट

नेपालखोज २०७९ फागुन ५ गते १८:५३

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३, सुकुम्बासी बिक टोलमा आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ ।

इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेका अनुसार विद्युत सर्ट भएर आगलागी हुँदा शुक्रबार सुकुमान बिकको घर जलेर नष्ट भएको र अर्को एक घरमा क्षति पुगेको हाे । प्रहरी निरीक्षक न्यौपानका अनुसार सुरक्षाकर्मी र स्थानीय मिलेर आगो निभाइएको थियो ।

प्रतिक्रिया