किन भेटे रामचन्द्रले उपेन्द्र ?
नेपालखोज
२०७९ फागुन ६ गते ११:२८

काठमाडौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई भेट गरेका छन् ।
शुक्रबार जसपाको केन्द्रीय कार्यालयमा भएको भेटमा करिव आधा घण्टा छलफल भएको थियो । नेता पौडेलले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष यादवलाई अनुरोध गरेका थिए भने यादवले उपराष्ट्रपतिबारे चासो व्यक्त गरेका थिए ।
राष्ट्रपतिको निर्वाचन, विधान अधिवेशनको तयारी लगायतका एजेण्डाहरुमा छलफल गर्न जसपाले आइतबार कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
सम्बन्धित
प्रतिक्रिया