‘छक्का पञ्जा ४’ को ट्रेलर यूट्यूबको शिर्ष स्थानमा
नेपालखोज
२०७९ फागुन ६ गते १२:४१

काठमाण्डौं । यहि फागुन १९ गते प्रदर्शनमा आउने ‘छक्का पञ्जा ४’लाई सकारात्मक प्रतिक्रियासहित दर्शकले मन पराएका छन् ।
शुक्रबार अपराहन्न ४ बजे सार्वजनिक गरिएको ट्रेलरलाई २० घण्टामा ७ लाख बढि दर्शकले हेरेका छन् । ३४ हजार लाइक पाएको ट्रेलरले दुई हजार भन्दा बढि कमेन्ट बटुलेको छ ।
फिल्ममा दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे, बुद्धि तामाङ, निर्मल शर्मा, राज आचार्य, बेदना राई लगायतले अभिनय गरेका छन् ।
हेमराज विसीको निर्देशनमा तयार भएको फिल्मको ‘दर्शन सलाम’बोलको गीतले सफलता कमाइरहेको छ । सार्वजनिक गरिएको दुई हप्तामा ४४ लाख पटक हेरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया