शुक्रबार, वैशाख १२, २०८२

‘बाजा घन्काउदै’आइन् सुशिला (भिडियो)

नेपालखोज २०७९ फागुन ६ गते १५:४८

काठमाण्डौं । गायिका सुशिला गौतमले पञ्चे बाजा गीत ‘बाजा घन्काउदै’सार्वजनिक गरेकी छिन् ।

लगनको महिनालाई ध्यानमा राख्दै सार्वजनिक गरिएको गीतमा गायनमा सुशिलालाई खुमन अधिकारीले साथ दिएका छन् । गीतमा शब्द र भाका गायिका स्वयम्ले तयार पारेकी हुन् । कृष्ण विक ‘भान्जा’को एरेञ्ज गरेको रेकर्ड प्रिज्ममा गरिएको हो ।

सुशिला गौतमकै यूट्यूबमार्फत सार्वजनिक गरिएको गीतको भिडियो निर्देशन दुर्गा पौडेलले गरेका छन् । गीतमा रिना थापा र अभिषेक खड्काले अभिनय गरेका छन् । भिडियो नविन घर्ती मगरले सम्पादन गरेका हुन् ।

गायिका सुशिलाले यसअघि ‘माइतीको माया’, ‘गफ लायो सोल्टीले’, ‘पाहुना’,लगायतका गीत सार्वजनिक गरिसकेकी छिन् । ‘माइतीको माया’बोलको पञ्चे बाजाको गीत यूट्यूबमा झण्डै ४० लाख पटक हेरिएको छ ।

प्रतिक्रिया