टर्की भूकम्पमा बेपत्ता फरवार्ड क्रिस्टियन मृत भेटिए
नेपालखोज
२०७९ फागुन ६ गते १६:३४

काठमाडौं । टर्कीमा गएको शक्तिशाली भूकम्पमा परेर बेपत्ता भएका फरवार्ड क्रिस्टियन अट्सु मृत फेला परेका छन् । घानाका फरवार्ड क्रिस्टियन बस्दै आएको अपार्टमेन्टको भग्नावशेषमुनि मृत अवस्थामा फेला परेको बीबीसीले जनाएको छ ।
क्रिस्टियनका एजेन्टले उनी मृत फेला परेको पुष्टि गरेको छ । क्रिस्टियनले पछिल्लो समय टर्कीको हटेस्पोरबाट खेल्दै आएका थिए । ३१ वर्षीय फरवार्ड साउदी अरबको क्लब अल–रायदमा एक सिजन बिताएर हटेस्पोरमा अनुबन्ध भएका थिए ।
सम्बन्धित
प्रतिक्रिया