थप १२ अफ्रिकी चितुवा भारतमा
नेपालखोज
२०७९ फागुन ६ गते १८:३९

दक्षिण अफ्रिकाबाट पाँच पोथी र सात भालेसहित १२ वटा चितुवा भारतको मध्य प्रदेश राज्यमा शनिबार ल्याइएको छ ।
भारतीय वायु सेनाको सी–१७ विमानले १२ वटा चितुवाको समूह लिएर जोहानेसबर्गबाट उडेको १० घण्टापछि मध्य प्रदेशको ग्वालियर शहरमा रहेको एयरफोर्स स्टेसनमा अवतरण गरेको सैनिक स्रोतले जनाएको छ ।
यसअघि,पाँच महिना पहिले नामिबियाबाट ल्याइएका आठवटा चितुवालाई कुनो राष्ट्रिय निकुञ्जमा छाडिएको थियो । योसँगै भारतमा अफ्रिकी चितुवाको कूल सङ्ख्या २० पुगेको छ ।
सन् १९५२ मा चितुवालाई भारतबाट लोप भएको घोषणा गरिएको थियो । भारत सरकारको महत्वकाङ्क्षी स्थानान्तरण परियोजना ‘प्रोजेक्ट चीता’ अन्तर्गत भारतमा चितुवाको स्थानान्तर गर्न सुरुवात भएको हो । रासस
सम्बन्धित
प्रतिक्रिया