पूर्वराजाले भने, ‘अब मौन रहन सकिन्न’

नेपालखोज २०७९ फागुन ६ गते १९:४७

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफू अब मौन रहन नसक्ने बताएका छन् । उनले ७३औं प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा यस्तो बताएका छन् ।

प्रजातन्त्र दिवसका अवसरमा एक सन्देश जारी गर्दै उनले भनेका छन्, ‘नेपालको अत्यधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्वीकार्ने हाम्रो वंशको परम्परा र संस्कार हो । शोकाकुल अवस्थाको अत्यन्तै प्रतिकूल पलहरूमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौँ र देश छोडेर पनि गएनौँ । तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौँ ।

नेपाल एकीकरणको २४० वर्षपछि शासकीय सत्ता जनताको नासो जनतालाई आफूले बुझाएको उल्लेख गर्दै शाहले अहिले कुशासन, भ्रष्टाचार, निराशलाग्दो आर्थिक शिथिलता र सामाजिक विग्रहको चपेटामा फसेको बताएका छन् ।

प्रतिक्रिया