सोमबार, असार ९, २०८२

पूर्वप्रधानमन्त्री खनाल स्वदेश फिर्ता

नेपालखोज २०७९ फागुन ६ गते २१:५०

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल स्वदेश फिर्ता भएका छन । भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी) लिबरेसन पार्टीको ११औँ अखिल भारतीय महाधिवेशनको दुई दिवसीय कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी भई उनी आज स्वदेश फर्किएका हुन् ।

भारतको पटनामा भएको महाधिवेशनमा नेता खनालले भारतीय कम्युनिष्ट, वामपन्थी र समाजवादीका शीर्षनेतासँग भेटघाट गरेका थिए । पूर्वप्रधानमन्त्री खनालले विश्वमा विद्यमान अन्याय, अत्याचार तथा गरिबी न्यूनीकरणमा विश्व कम्युनिष्ट आन्दोलनको महत्वबारे धारणा राखेकाे नेता खनालको सचिवालयले जनाएको छ । ने

पालमा कम्युनिष्टप्रतिको बढ्दो जनमत र विभाजित वामपन्थी शक्तिबारे पनि उहाँले सो अवसरमा जानकारी गराएका थिए । पार्टीको विदेश विभाग प्रमुखसमेत रहेका नेता खनाल नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा पार्टी उपाध्यक्ष प्रमेश हमाल, सम्मानित नेता खनालकी श्रीमती रविलक्ष्मी चित्रकार र पार्टी विदेश विभाग सचिव डा. शङ्कर खतिवडा थिए ।

प्रतिक्रिया