भारतसँग नेपालको बराबरी
नेपालखोज
२०७९ फागुन ६ गते २१:५६

काठमाडौं । दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु टोली भारतसँग बराबरी खेलेको छ ।
चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियममा शनिबार भएको खेलमा नेपालले भारतसँग गोलरहित बराबरी खेलेको हो ।
प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेनन् । जसको कारण खेल गोलरहित बराबरीमा सकिएको हो ।
यस अघि पहिलो मैत्रीपूर्णमा नेपालले भारतसँग २-२ गोलको बराबरी खेलेको थियो । काठमाडौंमा आयोजना भएको महिला साफ च्याम्पियनसिपपछि नेपाल र भारतले दुई खेलको मैत्रीपूर्ण खेल खेलेको हो।
सम्बन्धित
प्रतिक्रिया