सुनचाँदीको मूल्य बढ्याे
नेपालखोज
२०७९ फागुन ७ गते १०:५६

काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ७ सय रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । आज तोलामा १५ रुपैयाँले बढ्दै चाँदीको मूल्य १२ सय ९० रुपैयाँ पुुगेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ७५ रुपैयाँ थियो ।
सम्बन्धित
प्रतिक्रिया